२०८३ साउन २० बुधबार

रोटरी क्लबद्वारा श्री आजाद आधारभूत विद्यालयलाई सहयोग

ई आर्थिक    शनिबार, मंसिर ४ २०७८
4.3K
Shares
रोटरी क्लबद्वारा श्री आजाद आधारभूत विद्यालयलाई सहयोग

ई–आर्थिक, काठमाडौं । दया फाउण्डेशनद्वारा सहयोग प्रदान गर्दै आईरहेको काठमाण्डौ लगन स्थित सरकारी विद्यालय श्री आजाद आधारभूत विद्यालय २०७२ सालको महाभुकम्पले भौतिक संरचनाहरुमा क्षती पु¥याएको कारणले विद्यार्थीहरुलाई पठनपाठनमा कठिनाइ भैरहेको सन्दर्भमा, “रोटरी भूकम्प राहत कार्यक्रम (ईआरआरआरपी) अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाण्डौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ साथै क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरु समेत उपलब्ध गराएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि दया फाउण्डेशनका पूर्व अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधान हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधान र रोटरी क्लब अफ काठमाण्डौं मिड टाउनका प्रेसिडेन्ट प्रमोद पौडेल हुनुहुन्थ्यो ।

आज विद्यालय परिसरमा आयोजना गरिएको एक कार्यक्रमको माझ विद्यालय व्यवस्थापनलाई नव निर्मित कक्षा कोठा संगै डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरुको हस्तान्तरण गरियो ।

दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले यस विद्यालयको गुणस्तरिय शिक्षाको लागि फाउन्डेसनले पु¥याई रहेको सहयोगमा होस्तेमा हंैस्ते गरी रोटरी क्लबले विद्यालयलाई प्रदान गर्नुभएको सहयोगक प्रति हार्दिक धन्यवाद ब्यक्त गर्नु भई यस परियोजनाको सफल कार्यन्वयन पश्चात करिब एक सय वालवालिका लाभान्वित हुने जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा आर्थिक सहयोग प्रदान गरेको रोटरी डिस्ट्रिक्ट ३२९२, रोटरी क्लब काठमाडौं मिड टाउन र दया फाउण्डेशनका प्रतिनिधिहरु लगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरु, शिक्षकहरु, विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको कुरा आयोजना संयोजक तथा रोटरी क्लब अफ काठमाडौं मिडटाउनका सचिव अभिषेक राजले जानकारी दिनुभयो ।

उक्त आयोजनाको सुरुवात सन् २०१९ मै सुरु गरिएको भए तापनि कोभिड महामारीका कारण सिर्जित लकडाउनका कारण निर्माण कार्य सम्पन्न गर्न ढिला हुन गएको कुरा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधानले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij