२०८३ साउन १५ शुक्रबार

राधी जलविद्युत कम्पनीलाई नेप्सेको अल्टिमेटम, भन्यो- ‘३ दिनभित्र लगानी विवरण बुझाउ’

ई आर्थिक    शुक्रबार, कार्तिक २६ २०७८
3.5K
Shares
राधी जलविद्युत कम्पनीलाई नेप्सेको अल्टिमेटम, भन्यो- ‘३ दिनभित्र लगानी विवरण बुझाउ’

ई–आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत् कम्पनी लिमिटेडलाई तीन दिने अल्टिमेटम दिएको छ । तीन दिन भित्र लगानी विवरण पेश गर्न नेप्सेले राधिलाई निर्देशन दिएको हो ।

राधी विद्युत् कम्पनीको लगानी रहेको खारे इन्भेष्टमेन्टको प्रबन्धपत्र, नियमावली र सम्पूर्ण सञ्चालकहरुको विवरण र सञ्चालकहरुले गरेको लगानीको विवरण माग गरेको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेले यसअघि पनि कम्पनीसँग उक्त विवरण माग गरेकोमा पूर्ण विवरण प्राप्त नभएपछि पुनः तीन दिने अल्टिमेटम सहित थप विवरण पेश गर्न भनेको हो । नेप्सेले तोकिएको समयअवधिभित्र राधिले उक्त विवरण पेश नगरे धितोपत्रको प्रचलित ऐन, नियम अनुसार कारवाही गरिने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij