२०८३ साउन १६ शनिबार

विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस

ई आर्थिक    शुक्रबार, साउन १५ २०८३
285
Shares
विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस

काठमाडौं ।  राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९९औँ बैठकले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बिहीबार बसेको परिषद् बैठकले आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधी र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसैगरी, माध्यमिक शिक्षा (कक्षा ९–१०) का जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।

बैठकले माध्यमिक शिक्षा (कक्षा ११–१२) अन्तर्गत संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा, तथा विधिशास्त्र तथा नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम पनि अन्तिम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

परिषद्को निर्णयअनुसार अब यी पाठ्यक्रमहरू अन्तिम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेस गरिनेछन्। मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि सम्बन्धित विषयका पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयन प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

बैठकमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, परिषद्का पदाधिकारी तथा सदस्यहरूका साथै विषयगत विज्ञ र सरोकारवालाको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij