२०८३ साउन १५ शुक्रबार

कुमारी बैंकद्वारा ‘परिवार सुरक्षा बचत खाता’अन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

ई आर्थिक    शुक्रबार, साउन १५ २०८३
76
Shares
कुमारी बैंकद्वारा ‘परिवार सुरक्षा बचत खाता’अन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं।  कुमारी बैंक लिमिटेडको गौमुल शाखाले ‘परिवार सुरक्षा बचत खाता’अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

श्रीमती बनादेवी बोहराका श्रीमानको दुर्घटनाजन्य दुःखद् निधनपश्चात ‘परिवार सुरक्षा बचत खाता’सँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गौमुल शाखाले १० लाख रूपैयाँबराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो। उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने बैंकको विश्वास छ।

कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। ‘परिवार सुरक्षा बचत खाता’अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएका यस्ता सुविधाहरूले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजका परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने विश्वास बैंकको छ।

कुमारी बैंकले हाल देशभर फैलिएका आफ्ना २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम, ४० शाखारहित बैंकिङ बिन्दुहरूमार्फत लाखौँ ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij