२०८३ साउन १५ शुक्रबार

देवानगञ्ज घटनाका मृतकका परिवारलाई कोशी सरकारले दियो दुई लाख रूपैयाँ राहत

ई आर्थिक    शुक्रबार, साउन १५ २०८३
114
Shares
देवानगञ्ज घटनाका मृतकका परिवारलाई कोशी सरकारले दियो दुई लाख रूपैयाँ राहत

विराटनगर ।  कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही दुई लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई ५० हजार रूपैयाँ प्रदान गरिने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij