२०८३ साउन २० बुधबार

बजाज एक्सचेन्ज महा मेला जारी

ई आर्थिक    बुधबार, असोज २० २०७८
7.8K
Shares
बजाज एक्सचेन्ज महा मेला जारी

ई–आर्थिक, काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ । यो अफर असोज १७ गते देखि असोज २३ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढि भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैँया थप गरि दिइने पनि कम्पनीको भनाई छ । यसका अतिरिक्त, बजाज नेपालले ५० % डाउन पेमेन्ट मा ० % ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ ।

एक भाग्यशाली विजेताले सामसङ एम सीरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनु हुनेछ ।

यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि शामिल हुनेछ जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुत, २१ असोजको दिन गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रदर्शन रहनेछ ।

साथै, बजाजले ‘बजाज खुसी को ३ डोज’नामक आफ्नो दशैं अभियान सफलता पूर्वक चलाइरहेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् । ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले रु १०,०००/– सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्। त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १०००००/– सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि रु १००००००/–को नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij