२०८३ साउन २० बुधबार

विकास हाइड्रोपावरको शेयर आउँदै, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

ई आर्थिक    आइतबार, असोज ३ २०७८
3.6K
Shares
विकास हाइड्रोपावरको शेयर आउँदै, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

ई–आर्थिक, काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने भएको छ । उक्त सेयरको निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिएको छ ।

उक्त निष्काशन सम्बन्धि सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

कम्पनीले गोरखाको दार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

४.५५ मेगावाट क्षमताको उक्त आयोजना हालसम्म ५० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । कम्पनीले अधिकृत तथा जारी पुँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij