२०८३ साउन २० बुधबार

नेप्सेको बर्गिकरणमा ६ वटा बाणिज्य बैंक समूह ‘ए’ मा परेनन्, समूह ‘ए’ मा परेका २८ वटा कम्पनी कुन–कुन ?

ई आर्थिक    शनिबार, साउन ३० २०७८
6.7K
Shares
नेप्सेको बर्गिकरणमा ६ वटा बाणिज्य बैंक समूह ‘ए’ मा परेनन्, समूह ‘ए’ मा परेका २८ वटा कम्पनी कुन–कुन ?

ई–आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को बर्गिकरणमा ६ वटा बाणिज्य बाणिज्य बैंक ‘ए’ समूहमा पर्न सकेनन्, नेप्सेले गरेको सूचीकृत कम्पनीहरुको वर्गिकरणबाट ती कम्पनी ‘ए’ समूहबाट आउट भएका हुन् ।

नेप्सेको समूह ए भित्र २० ओटा वाणिज्य बैंक परेका छन भने आठवटा अन्य कम्पनी रहेका छन् ।

समूह ‘ए’ मा नपर्ने बाणिज्य बैंक मध्ये नेपाल बैंक समूह बी समूहमा परेको छ । त्यसैगरी सिभिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक समूह जेडमा परेका छन् । समूह ए मा २० ओटा वाणिज्य बैंकसहित कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, आईसीएफसी फाइनान्स र आरएमडिसी लघुवित्त पर्न सफल भएका छन् ।

त्यस्तै चारवटा हाइड्रोपावर समूह ए मा पर्न सफल भएका छनु् । जसमध्ये अपि पावर, बुटवल पावर, सानिमामाई हाइड्रो र युनाइटेड मोदी हाइड्रो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij