२०८३ साउन २० बुधबार

एनआईबीएल एस क्यापिटलमा हितग्राही खाता खोल्नेलाई सहभागिता फण्डको १०० इकाई उपहार, खाता पनि निःशुल्क खोलिने

ई आर्थिक    शुक्रबार, साउन २२ २०७८
3.5K
Shares
एनआईबीएल एस क्यापिटलमा हितग्राही खाता खोल्नेलाई सहभागिता फण्डको १०० इकाई उपहार, खाता पनि निःशुल्क खोलिने

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको लागि विशेष योजना ल्याएको छ ।

उक्त योजना अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडमा हितग्राही खाता निःशुल्क खोलिने र हितग्राही खाता खोल्ने ग्राहक महानुभावहरुलाई गोलाप्रथाद्वारा मासिकरुपमा १० जना भाग्यशाली विजेताहरुलाई, नेपालकै पहिलो खुलामुखी योजना, एनआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइने जानकारी गराइएको छ ।

यो योजना २०७८ साल श्रावण २० गते देखि २०७८ साल कार्तिक २० सम्मको लागि लागु हुने कम्पनीले जानकारी दिएको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झहट रहित सरल एवं सहज बनाउने उद्देश्य सहित हितग्राही खाता खोल्न तथा मेरो शेयर दर्ता विद्मुतिय प्रणालीमार्फत सहज रुपमा गरिरहेको जनाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij