ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया क्यापिटलको हालै सम्पन्न संचालक समितिको ९२ औं बैठकको निर्णय बमोजिम एन आई सी क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई नियुक्ति गरेको छ ।
उनीसँग डिलोइट इन्डिया (बिग ४), आईसीसीआई बैंक इन्डिया तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी प्रोफेशनल चार्टर्ड एकाउण्टेन्ट पनि हो ।
उनले एन आई सी एशिया बैंकको हालको ट्रान्सफरमेशनल जर्नीको उद्गमविन्दु मानिएको बिजनेश प्रोसेस रिइन्जिनियरिङ विभागको प्रमुखको भुमिकाबाट उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्च व्यवस्थापन तहमा रहि १२ वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव वहाँको रहेकोे छ ।
हाल एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएका क्यापिटलको विज्ञप्तीमा उल्लेख छ ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।