ई–आर्थिक, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न सभाले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष ०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७५/७६ को वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।
विशेष प्रस्तावतर्फ कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने प्रस्तावलाई सभाले पारित गरेको छ ।