ई–आर्थिक, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यससँगै अब कोइराला आईएमई लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहने भएकी हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सेलिब्रेटी कोइरालाले आईएमई लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छिन ।
हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नायिका कोइरालाले मानब जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारण बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसि रहेको कुरा बताईन । देश भरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पु¥याउने कुरा कम्पनीले जनाएको छ ।
त्यसैगरि डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा ‘आईएमई साथ बोट’ नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरी निर्माण गरिएको च्याटबोट प्रणालिको औपचारिक रुपमा संचालनमा ल्याएको कवि फुयाँलले जानकारी दिए ।