ई–आर्थिक, काठमाडौं । आज बुधबार विहानैदेखि पूर्वउद्योगमन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनको हल्ला चल्यो । यतिसम्मकी उनको निधनको पुष्टि नहुँदै सामाजिक सञ्जाल फेसबुकहरुमा उनका शुभचिन्तकहरुले धमाधम श्रद्धाञ्जली दिइरहेका छन् । प्रतिष्ठित र नाम चलेकाहरुसमेतले जोशीको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको भन्दै फेसबुकबाटै हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।
यसरी एक पछि अर्कोले श्रद्धाञ्जली दिईरहेपछि जोशीका निकट शुभचिन्तक र पारिवारिक स्रोतले भने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । ‘उहाँलाई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइराखिएको छ ।’ पारिवारिक स्रोतले भनेको छ –‘वाहिर आएको हल्ला जस्तै उहाँको निधन भएको होइन, स्वास्थ्यलाभको कामना गरौं ।’
उहाँलाई ब्रेनमा समस्या देखिएको, प्रेसर लो छ फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको स्रोतको भनाई छ । उनको उपचारमा संलग्न बरिष्ठ न्यूरो सर्जन डा. राजीव झा समेतले उनको निधनमा सत्यता नभएको भन्दै भेन्टिलेटरमै राखेर उपचार भइरहेको बताएका छन् ।
यही फागुन १४ गते जोशीलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा राखेर उपचार गराइराखिएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि जोशीलाई सुरूमा वीर अस्पताल लगिएको थियो । त्यसपछि बिहान थप उपचारका लागि नर्भिक अस्पताल लगिएको र त्यहाँ उनको सल्यक्रिया गरिएको थियो ।
देखि विहानैदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीलाई आज विहान मस्तिष्कघात भएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि जोशीलाई सुरूमा वीर अस्पताल लगिएको थियो । त्यसपछि बिहान थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । त्यसपछि सोही अस्पतालमा राखेर उनको सल्यक्रियासँगै उपचार भइरहेको थियो ।