२०८३ साउन ९ शनिबार

तनहुँका २१ होटललाई स्टार रेटिङ

ई आर्थिक    शनिबार, माघ २४ २०७७
8.5K
Shares
तनहुँका २१ होटललाई स्टार रेटिङ

दमौली : तनहुँका तीन होटलले अति उत्तमको दर्जा पाएका छन्। कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले गरेको अनुगमनका आधारमा तीन होटललाई गुणस्तरका आधारमा अति उत्तम भन्दै थ्री स्टारको लोगो प्रदान गरिएको छ।तनहुँमा यस्तो वर्गीकरणमा पर्ने होटलमा मस्र्याङ्दी रिसोर्ट बरादी, मुस्ताङ प्लाजा डुम्रे र फिस्टेल रेस्टुरेन्ट छन्। वर्गीकरण गरिएका २१ मध्ये ६ ले टु स्टार अर्थात् उत्तम र ८ ले सन्तोषजनक अर्थात वान स्टार पाएका छन् ।

टु स्टार अर्थात् उत्तममा गण्डकी रिभर भ्यु दमौली, बन्दीपुर गार्डेन रिसोर्ट डुम्रे, होटल न्यु स्टार एन्ड लज डुम्रे, हाम्रो चुलो होटल डुम्रे, थकाली शान्ता होटल एन्ड भान्सा घर, शुभकामना रेस्टुरेन्ट एन्ड खाजा घर आँबुखैरेनी रहेका छन्। यस्तै वान स्टार अर्थात् सन्तोषजनकमा सन्तोष तन्दुरी एन्ड फास्ट फुड, ओसो मिठाई पसल, पोखरा रिभर भ्यु, पुरानो मस्र्याङ्दी फेस फिस, झिंगु मम रेस्टुरेन्ट, थकाली होटल, गोर्खाली होटल र मनकामना होटल छन्। तनहुँका होटलको स्तरीकरण लोगो वितरण तथा एकदिने अभिमुखीकरण कार्यक्रमका क्रममा यस्तो वर्गीकरण लोगो प्रदान गरिएको हो।

मस्र्याङ्दी रिसोर्ट बरादीमा भएको कार्यक्रमका प्रमुख अतिथि तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले होटलले पाउने लोगो आफ्नो पहिचान भएको भन्दै यसलाई जोगाएर राख्न सक्नुपर्नेमा जोड दिएको समाचार आजको अन्नपूर्ण पोष्टले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij