२०८३ साउन ९ शनिबार

उदयपुर सिमेन्ट उद्योगले दुई बर्ष पछि बल्ल पायो महाप्रबन्धक, उद्योगलाई प्रतिस्पर्धी र नमुना बनाउने महाप्रबन्धक न्यौपानेको प्रतिबद्धता

ई आर्थिक    शुक्रबार, माघ २ २०७७
7.4K
Shares
उदयपुर सिमेन्ट उद्योगले दुई बर्ष पछि बल्ल पायो महाप्रबन्धक, उद्योगलाई प्रतिस्पर्धी र नमुना बनाउने महाप्रबन्धक न्यौपानेको प्रतिबद्धता

ई–आर्थिक, उदयपुर : उदयपुर सिमेन्ट उद्योगले दुई बर्ष पछि बल्ल नयाँ महाप्रबन्धक पाएको छ । व्यवसायीक, आर्थिक तथा कानुनी क्षेत्रमा राम्रो दख्खल भएका गोपी न्यौपानेलाई उद्योगले महाप्रबन्धक पाएको छ ।

तत्कालिन महाप्रबन्धक सुरेन्द्र पौडेल नेपाल आयल निगममा कार्यकारी निर्देशक भएर आएपछि लामो समयदेखि उद्योग महाप्रबन्धक विहीन थियो । निमित्त महाप्रबन्धक नवल किशोर शाहले उक्त उद्योगको व्यवस्थापकीय नेतृत्व सम्हाल्दै आएका थिए । त्यसको दुई बर्षपछि उद्योगले महाप्रबन्धकको रुपमा न्यौपानेलाई पाएको हो ।

यसपटक उद्योग मन्त्रालयले महाप्रबन्धक पदको लागि परेका दरखास्तहरुको मुल्यांकन गर्नका लागि पेस भएका कार्ययोजनालाई कोडिङ्ग डिकोडिङ्ग गरी लोकसेवा आयोग मार्फत जाँच गरिएको थियो ।

व्यसायिक कार्य योजनाको प्रस्तुतिकरण गराउँदा विज्ञको रुपमा रामेश्वर खनाल लगायत पूर्व सचिवहरुलाई समेत मुल्यांकनकर्ताको रुपमा राखिएको थियो । त्यसैगरी पदाधिकारी नियुक्ति सम्बन्धि निर्देशिका अनुसार अनुभव र थप शैक्षिक योग्यताको समेत अंक दिंदा उत्कृष्ट ठहर भएका तीन जनाको नाम मन्त्रीपरिषदमा सिफारिस हुँदा हाल नियुक्ती भएका महाप्रबन्धक न्यौपानेको नाम एक नम्बरमै थियो ।

यसरी छनौटको प्रक्रिया पूरा गरी नियुक्ति भएका महाप्रबन्धक न्यौपानेले उद्योगमा औपचारिक रुपमै पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले सबैभन्दा पहिला कच्चापदार्थ, पेकिंग मेटेरियल्स, मर्मतसम्भार लगायतका कुराहरुमा ध्यान दिई पूर्ण क्षमतामा उद्योग संचालन गर्ने, थप क्षमता वृद्धिको लागि अध्ययन गराउने, बजार ब्यबस्थापन र ब्राण्डिङ्गमा जोड दिने, लागत कम गर्ने उपायहरुको खोजी गरी अन्य उद्योगहरु संग प्रतिष्पर्धी बनाउने मूख्य योजना रहेको बताए । यस बाहेक बैकल्पिक उर्जा, उद्योगको नाममा रहेको जग्गाको संरक्षण र अधिकतम उपयोग गर्ने तर्फ पनि योजना बनाएको पनि उनले बताए ।

पदभार ग्रहण गर्दै महाप्रबन्धक न्यौपानेले वातावरण प्रदूषण हुन नदिन कोइलामा बायोमास प्लेटहरुको मिश्रण गर्न सकिने तर्फ पनि अध्ययन गरी लागतको आधारमा उपयुक्त देखिएमा प्रयोग गर्न सकिने गरी संभाव्यता अध्ययन गराईने योजना रहेको बताए ।

यस बाहेक उद्योगका कामदार/कर्मचारीहरुलाई उत्प्रेणात्मक सीप अभिवृद्धिमुखी तालिम सञ्चालन गर्ने, नयाँ प्रविधिमैत्री जनशक्ति तयार गर्ने लगायतका कामहरू गर्ने योजना बताएका छन् ।
थुप्रै आर्थिक संघ/संस्थाको नेतृत्वदायी भूमिका रहेका काम गरिसकेका न्यौपाने कानुनमा राम्रो दख्खल राख्छन् । हाइड्रो, स्वास्थ्य क्षेत्रमा समेत आबद्धता रहेका न्यौपाने माछापुच्छ्रे बैंकको सञ्चालक न्यौपाने, हिलसाइड इन्जिनियरिङ्ग कलेजका प्रबन्धक सञ्चालक पनि हुन् ।

उनी नाडा अटोमोवाइल्स एसोसिएसनको पूर्वमहासचिव लगायत विभिन्न विषयगत आर्थिक तथा सामाजिक संघ/संस्थाको महत्वपूर्ण पदमा रहेर सेवा गरेको अनुभव छ । नवनियुक्त महाप्रबन्धक न्यौपानेले उद्योगलाई उत्कृष्ट उद्योगको रुपमा काम गर्ने विश्वास लिइएको छ ।

२०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित यो उद्योगले गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij