ई–आर्थिक, कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ ।। उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
पोखरा महानगरपालिका १८ क्याम्प चोकस्थित फिष्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा आज सोमबार दिउँसो दुर्घटना भएको थियो । उक्त दर्घटनामा प्याराग्लाईडिङका पाईलट पोखरा महानगरपालिका २८ कालिका घर भई हाल लेकसाईड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएकी प्याराग्लाईडिङमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठको सोही अस्पतालमा उपचार भईरहेको बुझिएको छ ।
प्याराग्लाइडिङ दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।