२०८३ साउन ९ शनिबार

कालिगण्डकीको खोंचमा विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, अध्यक्ष कार्कीले हामफालेर गरे औपचारिक उद्घाटन

ई आर्थिक    आइतबार, कार्तिक १६ २०७७
8.6K
Shares
कालिगण्डकीको खोंचमा विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, अध्यक्ष कार्कीले हामफालेर गरे औपचारिक उद्घाटन

ई–आर्थिक, बलेवा । बञ्जीजम्प सौखिनहरुका लागि थप एउटा बञ्जीजम्प थपिएको छ । कालीगण्डकीको खोंचमा स्थापना भएको बञ्जीजम्पको औपचारिक सुरुवात गरिएको छ । उक्त बञ्जीजम्प द क्लिफ प्रालिले सञ्चालनमा ल्याएको हो ।

पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन भएका हुन् ।

द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले आँफै हामफालेर बञ्जी जम्पको औपचरिक शुरुआत गरेका हुन् । पुलसँगै रिसोर्ट पनि सञ्चालनमा आएको छ ।

अन्य साहसिक खेलहरु पनि एकसाथ शुरु भएको कार्कीले बताए । ५२५ मिटर लामो झोलुङ्गे पुलबीचमा कालीगण्डकी नदीको ठिकमाथि बञ्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात् ७४८ फिट छ ।

हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै विश्वकै दोस्रो अग्लो बञ्जीका रुपमा दर्ज गर्नेछ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताए ।

बञ्जी र स्वीङ दुबैको मूल्य रु सात हजार तोकिएको छ । औपाचरिक शुरुआतसँगै सर्वसाधारणले समेत यहाँ साहसिक खेलमा सहभागी हुन पाउने छन् । रिसोर्टसहित रु २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटन प्रवद्र्धनमा परिवर्तन ल्याउने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij