२०८३ साउन ९ शनिबार

कोरोनाका कारण भारतका प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन

ई आर्थिक    शुक्रबार, असोज ९ २०७७
9.1K
Shares
कोरोनाका कारण भारतका प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन

चेन्नई : भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको कोरोना भाइरस कोभिड–१९ का कारण निधन भएको छ । चेन्नईको एक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनी ७४ वर्षका थिए ।

अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि उनलाई अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सेप्टेम्बर ४ मा गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।

‘मैने प्यार किया’, ‘साजन’, ‘हम आपके हैं कोन’ लगायतका सलमान खानका चलचित्रमा बालासुब्रमण्यमले नै आवाज लिएका थिए । केही वर्ष पहिले आएको ‘चेन्नई एक्सप्रेस’ को टाइटल गीत पनि उनले नै गाएका थिए । ‘हम आपके हैं कोन’ को ‘दिदी तेरा देवर दिवाना’ बालासुब्रमण्यमले गाएको निकै लोकप्रिय गीत मानिन्छ ।

सन् १९६० को दशकमा गायनमा आफ्नो करियर सुरु गरेका बालासुब्रमण्यमले १६ भाषामा करिब ४० हजार गीत गाएका छन् ।

हिन्दी सिनेमामा भने उनले सन् १९८१ मा ‘एक दूजे के लिए’ चलचित्रका लागि पहिलो पटक गीत गाएका थिए । गीत थियो, ‘तेरे मेरे बीच में कैसा है ये बन्धन अन्जाना’ । जुन चलचित्रले अभिनेता कमल हसनलाई नेसनल अवार्ड जिताएको थियो । ‘सागर’ चलचित्रको ‘सच मेरे यार है’ तथा ‘ओ मारिया’, ‘मैने प्यार किया’ को ‘दिल दिवाना’, ‘रोजा’ को ‘रोजा जानेमन’ लगायतका सदाबहार गीत बालासुब्रमण्यमका लोकप्रिय गीत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij