२०८३ साउन ११ सोमबार

काेराेना संक्रमित बढ्दैगए अस्पतालले धान्न नसकिने, आज फेरि काठमाडौं उपत्यकामा ८७ सहित थप ३६० जनामा संक्रमण पुष्टि

ई आर्थिक    बिहिबार, साउन २२ २०७७
7K
Shares
काेराेना संक्रमित बढ्दैगए अस्पतालले धान्न नसकिने, आज फेरि काठमाडौं उपत्यकामा ८७ सहित थप ३६० जनामा संक्रमण पुष्टि

ई–आर्थिक, काठमाडौं । बिहिबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा संक्रमितको कुल संख्या कुल २१ हजार ७५० पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ८७ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा जानकारी दिए । उनले काेराेना संक्रमित बढ्दैगए अस्पतालले धान्न नसकिने बताएका छन्। मन्त्रालयका अनुसार काठमाडाैं सहित ६ जिल्लामा ५०० बढी काेराेना संक्रमित रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या २३३ रहेको छ। हालसम्म देशभर कुल १५ हजार ३८४ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । यो कुल संक्रमित मध्ये ७०.६ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij