ई–आर्थिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १.५५ प्रतिशत अर्थात २२.४ अंक बढेर १४६५.१० विन्दुमा पुगेको छ।
यस दिन १९० कम्पनीहरुको ३२ हजार ८३६ पटकको कारोबारमा १ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० रुपैयाँ बराबरको ४५ लाख ६०३ कित्ता शेयर खरिदबिक्री भएको छ।
आज बजार खुलेसँगै नेप्से बढ्ने गतिमा रहे पनि बीचमा केही उतारउढाव भने देखिएको थियो ।
यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी दुई उपसमूहको परिसूचक घटेको छ। जीवन बिमा र निर्जीवन बिमामा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ। जीवन बिमा ३.९६ र निर्जीवन बिमा ३.९१ प्रतिशतले बढेको छ। त्यस्तै, कारोबारमा आएको हाइड्रोपावर र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन घटेको हो।