२०८३ साउन ९ शनिबार

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो हट्यो, दुईतर्फी सवारी सञ्चालनमा

ई आर्थिक    शनिबार, असार ६ २०७७
6.3K
Shares
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो हट्यो, दुईतर्फी सवारी सञ्चालनमा

ई–आर्थिक, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाए पछि दुईतर्फी सवारी सञ्चालन हुन थालेको छ । सो स्थानमा खसेको पहिरोलाई तीन दिन लगाएर पन्छाइए पछि सवारी आवत जावत सहज भएको हो ।

बुधबार बिहान चार बजेर पन्ध्र मिनेटमा खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् ।
केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि अहिले पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो । निरन्तर पानी परेपछि पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।

पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो । सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन पुनः सञ्चालन भएको खनालले जानकारी दिए। पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक दुईतर्फी सञ्चालनमा आएसँगै सडकमा लामबद्ध लागेको सवारी गन्तव्यतर्फ लागेका छन् ।

हाल पहिरो खसेको ठाउँमा वेला–बेलामा पहिरो जाने गरेको छ । पहिरो जाँदा यसरी नै यातायात सवारी आवगमन अवरुद्ध हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij