ई–आर्थिक, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अबरुद्ध भएको छ । सो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।
ठूलो पहिरो खस्ने क्रम जारी रहेकोले सो अबरुद्ध सडक कतिखेर खुल्ने भन्ने टुंगो नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
स्मरणीय त के छ भने सो सडकखण्डमा बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको थियो । त्यसको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको छ ।
पटक–पटकको पहिराले सो सडकखण्ड अबरुद्ध भएपछि सो राजमार्गबाट यात्रा गर्ने यात्रुहरुलाई सास्ती भएको छ ।