२०८३ साउन ११ सोमबार

नेपालमा दिनदिनै बढ्दैछ कोरोना : एकैदिन १७० जना नयाँ संक्रमित थपिए, कुल सङ्ख्या १२१२ पुग्यो

ई आर्थिक    शुक्रबार, जेष्ठ १६ २०७७
6K
Shares
नेपालमा दिनदिनै बढ्दैछ कोरोना : एकैदिन १७० जना नयाँ संक्रमित थपिए, कुल सङ्ख्या १२१२ पुग्यो

ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना संक्रमितहरु दिनदिनै बढिरहेका छन। शुक्रबार मात्रै एकैदिन १७० जना नयाँ संक्रमित थपिएका छन। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij