ई–आर्थिक, काठमाडौं । केही व्यक्ति तथा व्यवसायिक घरनाले आफ्ना भवनहरुलाई क्वारेन्टाइन बनाउन दिइने घोषणा आइरहेको बेला साना तथा मझौला होटल व्यवसायीहरुले भने सुंयुक्तरुपमै आफ्ना होटल प्रयोग गर्न दिने भएका छन् ।
साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्ना होटल क्वारेन्टाइन बनाउन दिने सामूहिक प्रतिवद्धता जनाएका हुन् ।
साना तथा मझौला होटल व्यवसायी महासंघको अगुवाईमा भएको बैठकले (कोरोना भासइस कोभिड १९) को नियन्त्रणका लागि आवश्यक परे उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष हिराध्वज शाहले उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको बताए । उनले भने– ‘सरकारले स्वास्थ्यकर्मी र सुरक्षाको विशेष प्रवन्ध मिलाए हामी निःशुल्क आफ्ना होटलहरु क्वारेन्टाइन बनाउन दिन तयार छौं ।
महासंघ मातहतका काठमाडौंका सदस्य होटलहरुमा मात्र ५० हजार कोठा उपलब्ध हुनसक्ने अध्यक्ष शाहीले जानकारी दिए । साना तथा मझौला होटल व्यवसायीहरुले यस्तो निर्णय गरेपनि ठूला होटलहरुको छाता संगठन होटल संघ नेपाल (हान) ले भने यस विषयमा केही बोलेको छैन ।
हानले कोरोना भाइरसका कारण पर्यटन व्यवसायीलाई परेको असर बारेमा भने सरकारसँग सुविधाको लबिङको काम गर्दै आइरहेको छ ।