२०८३ साउन ९ शनिबार

पेट्रोलिय पदार्थको मूल्य समायोजन, पेट्रोल र डिजेलको मुल्य घट्यो, ग्यासको मूल्य भने बढ्यो

ई आर्थिक    सोमबार, माघ २० २०७६
9.1K
Shares
पेट्रोलिय पदार्थको मूल्य समायोजन, पेट्रोल र डिजेलको मुल्य घट्यो, ग्यासको मूल्य भने बढ्यो

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमले प्रतिलिटर एक रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यास (एलपी ग्यास)को मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।  नयाँ मुल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij