#BREAKING Four rockets hit Iraq airbase hosting US troops: military sources
जारी तनावका क्रममा यो इरानको सबैभन्दा घातक आक्रमण भनिएको छ। समाचार एजेन्सी एएफपीले सैन्य स्रोतलाई हवला दिँदै इराकस्थित विमानस्थलमा आक्रमण गरिएको जनाएको छ। अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थलमा इरानले ४ वटा मिसाइल हानेको बताइएको छ।
आक्रमणको विस्तृत विवरण प्राप्त नभए पनि कम्तिमा ४ जना घाइते भएको बताइएको छ। अमेरिकाले इरानी सैन्य कमाण्डरको हत्या गरेपछि इरानले अमेरिकी सेनामाथि गरेको यो तेस्रो पटकको आक्रमण हो। यसअघि भने कुनै क्षति भएको थिएन। तर, आइतबार केही घाइते भएको बताइएको छ ।
तर, इरानी टेलिभिजनहरुले इरानी सुरक्षा गार्डको हवला दिँदै इरानी आक्रमणको लक्ष्य अमेरिकी सेना मार्नु नरहेको बताएको छ।
