जुन मोटरसाइकललाई त्यहाँ भगवान मानेर पूजा गरिन्छ त्यसको कहानी पनि निकै रोचक छ । जोधपुर हाइवेमा रोहट नजिकै ओम बन्नाको मन्दिर छ । यही मन्दिरमा आरएनजे ७७७३ नम्बरको मोटरसाइकल छ जसको मानिसहरु पूजा गर्छन् । यो मोटरसाइकल ओम बन्नाकै हो । यहाँ प्रचलित मान्यता अनुसार ओम बन्ना नामका व्यक्तिको यही ठाउँमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनापछि पुलिसले उनको मोटरसाइकल थानामा लिएर गयो ।
मानिसहरुको दावी अनुसार मोटरसाइकल राती स्टार्ट भएर दुर्घटना भएकै ठाउँमा गएर बस्यो । पुलिसले त्यो मोटरसाइकललाई थानामा ल्याउँथे तर राती फेरि मोटरसाइकल दुर्घटना भएकै ठाउँमा जान्थ्यो । यसबत्राट हैरान भएर पुलिसले मोटरसाइकल कवाडीलाई बेचिदिए । तर, कवाडीकहाँबाट पनि मोटरसाइकल स्टार्ट भएर त्यहीँ जान थाल्यो ।
यही बीच एक दिन ओम बन्नाकी हजुरआमाले सपनामा आदेश पाइन् कि यसको लागि दुर्घटनास्थलमा मन्दिर बनाएर मोटरसाइकल त्यहीँ राखियोस् । उनले यस्तै गरिन् । त्यसपछि मानिसहरुमा ओम बन्नाको मन्दिरमा गएर पूजा गर्दा आफ्नो इच्छा पूरा हुने मान्यता स्थापित भयो । यहाँ पूजा गर्न आउने श्रद्धालुहरु पनि आफूहरुले मागेको मनोकामना पूरा भएको दावी गर्छन् । यो मन्दिरको हेरचाह ओम बन्नाको परिवारकै सदस्यले गर्छन् । ओम बन्नाको १९८८ को २ डिसेम्बरमा दुर्घटना भएको बताइन्छ । एजेन्सीको सहयोगमा