२०८३ साउन ८ शुक्रबार

क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने हरेकको घरमा विमान, कार्यालय जान आउन समेत विमानकै प्रयोग

ई आर्थिक    बुधबार, चैत्र ४ २०७७
33.4K
Shares
क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने हरेकको घरमा विमान, कार्यालय जान आउन समेत विमानकै प्रयोग

ई–आर्थिक, काठमाडौं । प्रत्येकको व्यक्तिहरुको घरमा विमान रहेको खबर सुन्दा हामीलाई आश्चर्य लाग्ला र पत्यार नलाग्न सक्ला । तर, यो समाचार यथार्थ र वास्तविकतामा आधारित रहेको छ । अमेरिकाको क्यार्लिफोनियाको एयरपार्क क्षेत्र विश्वमै यस्तो स्थानमा पर्दछ ।

कुनै टोलमा बस्ने हरेक परिवारसँग एउटा कार हुनु र उनीहरु कुनै कामले बाहिर निस्किँदा कार चढेर निस्किनु सामान्य भइसक्यो । तर, टोलका सबैसँग हवाइ जहाज हुनु र उनीहरु अफिस जान वा अन्य कुनै कामले बाहिर जाँदा हवाइ जहाज चढेर जान्छन् भन्ने कुरा चाहिँ अलि असामान्य लाग्ने समाचार नै हो । क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने मानिसहरुको लागि यो निकै सामान्य कुरा भइसकेको छ ।

इनसाइडरका अनुसार क्यामरुन एयरपार्क मानिसहरुको आवासीय क्षेत्र हो । यहाँ थुप्रै परिवारहरु बस्छन् । यहाँका घरहरुमा कार राख्ने ग्यारेजजस्तै विमान राख्ने ह्याङ्गर छन् । यहाँका सडकमा विमान गुडिरहेको देखिनु अन्यत्रका सडकमा कार गुडेको देखिनुजस्तै सामान्य हो । यो एयरपार्क १९६३ मा क्यामरुन पार्क एयरपोर्टसँगै बनाइएको हो । अहिले यहाँ १२४ घरहरु छन् ।

यहाँका सडकहरु सय फिट फराकिला छन् । यी सडक फराकिला बनाइनुको कारण त्यस क्षेत्रमा बस्ने पाइलटहरुले विमानलाई एयरपोर्टबाट घरसम्म वा घरबाट एयरपोर्टसम्म गुडाउँदै लैजान सकुन् भन्ने उद्देश्य हो ।

क्यामरुन पार्क एयरपोर्टका म्यानेजर केभिन कुक्सीले इनसाइडरसँग कुरा गर्दै यहाँका सडकहरु एयरपोर्टको रनवेभन्दा पनि फराकिला रहेको बताए । यी सडकमा विमान गुडिरहेको बेला कार पनि सजिलै गुडेर क्रस गर्न सकियोस् भनेर सडक यति फराकिला बनाइएका हुन् । यहाँ सडक संकेत र चिठीका बाकसहरु सामान्यभन्दा निकै होचो बनाइएका छन् ताकि यी संकेतहरु विमानको पखेटासँग नठोक्किउन् । यहाँ सडकका नाम पनि विकानको नामबाट बोइङ रोड, सेस्ना ड्राइभ लगायत राखिएका छन् ।

रहरले पाइलट बनेका बर्ल स्केग्स २००३ मा बे एरियाबाट क्यामरुन एयरपार्कमा बसाइ सरेका हुन् । आफूले सानो विमान किनेपछि उनी यहाँ सरेका थिए । त्यसपछि आफूले जागिरबाट अवकाश पाउँदासम्म ७ वर्षसम्म उनी पालो अल्टोमा जागिरमा जाँदा हरेक दिन बिहान जहाजमा जान्थे र बेलुका जहाजमै फर्किन्थे । उनी मेकानिकल इन्जिनियरको काम गर्थे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij