२०८३ साउन ८ शुक्रबार

ज्यानमारा पोखरी, पस्यो कि म¥यो

ई आर्थिक    आइतबार, माघ ११ २०७७
32K
Shares
ज्यानमारा पोखरी, पस्यो कि म¥यो

ई–आर्थिक, काठमाडौं । पोखरीमा मानिस डुबेर मरेको प्रसंग जताततै सुन्न पाइन्छ । पोखरीमा पोलेर मरेको कुरा धेरैका लागि नौलो हुन सक्छ । तर, यो कुरा साँचो हो । न्युजिल्यान्डस्थित वेमांगु पोखरीमा पानी भकभक उम्लिरहेको हुन्छ । त्यसैले कुनै मानिस त्यसमा पस्यो भने डुबेर मर्नुअगावै पोलेर उसको प्राणपखेरु उडिसकेको हुन्छ ।

पोखरीको पानी ६० डिग्री सेल्सियससम्म तातो हुन्छ । यही तातो पानी भएको पोखरी हेर्न भनेर देशविदेशबाट मानिस जाने गरेका छन् । पोखरीको सतहमाथि कार्बन डाइअक्साइड र हाइड्रोजन सल्फाइडको बाफ निरन्तर उडिरहेको हुन्छ । सन् १८८६ मा अहिले पोखरी रहेको ठाउँमा १५ वर्षसम्म लगातार ज्वालामुखी विष्फोट भएको थियो ।

ज्वालामुखी विष्फोट भएको ठाउँमा खाडल भएपछि सोही ठाउँमा छ मिटर गहिरो र ३८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पोखरी जमेको थियो । ज्वालामुखी भएको ठाउँमा पोखरी जमेको हुनाले यसको पानी नित्य तातो हुने गरेको हो । योे पोखरी अहिले चर्चाको पोखरी बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij