२०८३ साउन १२ मंगलबार

मातातीर्थ औंशीको अवसरमा एन आई सी एशिया बैंकको क्यास ब्याक योजना

ई आर्थिक    शनिबार, बैशाख २१ २०७६
2.9K
Shares
मातातीर्थ औंशीको अवसरमा एन आई सी एशिया बैंकको क्यास ब्याक योजना

ई–आर्थिक, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीको पावन अवसरमा डिजिटल पेमेन्टहरूमा क्यास ब्याक योजनाहरु सार्वजनिक गरेको छ । उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड,अनलाइन बैकिङ्ग तथा मोबाइलÞ बैकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १००० सम्मको क्यास ब्याक प्राप्त गर्नुहुनेछ ।

ग्रामीण तथा शहरी सम्पूर्ण क्षेत्रमा आफ्नो सशक्त भौतिक उपस्थितिको एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस बैंकले विभिन्न अवसरहरुमा विभिन्न योजनाहरू ल्याउने गरेको छ ।

अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको क्यूआर पेमेन्ट सिष्टमबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत क्यास ब्याक वा उच्चतम रु. १००० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।

त्यस्तै बैंकले पोओएस (पाउस) बाट भुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम रु. ५०० सम्मको क्यास ब्याक योजना ल्याएको छ ।

यो योजना यही बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागि मात्र लागू हुने बैंकले जानकारी दिएको छ । यस योजनाबाट बैंकको ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij