२०८३ साउन ९ शनिबार

गूर्जा हिमाल आरोहणमा गएको ९ जनाको टोली बेपत्ता

ई आर्थिक    शनिबार, असोज २७ २०७५
5.4K
Shares
गूर्जा हिमाल आरोहणमा गएको ९ जनाको टोली बेपत्ता
हरिकृष्ण गौतम, शनिबार, २७ असोज २०७५, म्याग्दी – म्याग्दीको धौलागिरी गाउँपालिका–१ गूर्जास्थित हिमाल आरोहणमा गएको नौं जना ओरोहीको टोली बेपत्ता भएको छ। सात हजार १९३ मिटर उचाईको गूर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वको ५ जना कोरियन र ४ जना नेपाली सहितको टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेर बेपत्ता भएको स्थानीयको भनाई उदृत गर्दै वडा अध्यक्ष झक छन्त्यालले जानकारी दिएका छन् ।

हिमपहिरोमा पर्नेमा गुर्जाका २६ वर्षीय नेत्र बहादुर छन्त्याल छन् भने अन्यको पहिचान खुल्न सकेको छैन। हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोलीलार्इ एक्कासी हावाहुरीले टेन्टसँगै उडाएको प्रारम्भीक जानकारी प्राप्त भएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिए।

घटनास्थलमा एकजनाको शव भेटिएको बताइएको छ। शुक्रबार राती जानकारी प्राप्त भएपछि प्रहरीलाई खबर गरिएको बताउँदै छन्त्यालले खोजीकार्यका लागि हेलिकप्टर समेत गूर्जा पुगेको बताए।

काठमाडौंको प्रोजक्ट ओए नामक एजेन्सी मार्फत टोली हिमाल आरोहणका लागि प्रस्थान गरेको थियो। एजेन्सीका आङ्बे शेर्पासँग काठमाडौंमा रहेका दिप छन्त्यालले समेत कुराकानी गरी उद्दार तथा खोजीकार्यमा आवश्यक सक्रियता देखाउन अनुरोध गरेका थिए।

पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएकाे टोली गूर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो। हिमाल आसपासका क्षेत्रमा रहेको जंगलका रुख समेत हावाहुरीले भाचिँएको अवस्थामा भेटिएकाले बेगमा आएको हावाहुरीले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

२०६५ सालमा चुरेन हिमाल आरोहण भएपछि त्यसयता पहिलोपटक यो टोली हिमाल आरोहणका लागि आएको थियो। एक दशकपछि हिमाल आरोही लागि आएको पहिलो टोली नै हावाहुरीले बेपत्ता हुन पुगेको छ। यसैसाता मात्रै गुर्जा हिमाज र गूर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविर तर्फ प्रस्थान गरेका छन्।

गूर्जा गाउँबाट करिव ५ घण्टाको दूरीमा रहेको आधार शिविरमा पुग्न नसकेर एक कोरियाली सहित ३ जनाको टोली भने बाटो बाटै फर्किएको छ।

नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij