२०८३ साउन १० आइतबार

जन्मेको तीन घन्टाभित्रै अस्पतालबाट शिशु बेपत्ता

ई आर्थिक    शनिबार, माघ २२ २०७३
6.5K
Shares
जन्मेको तीन घन्टाभित्रै अस्पतालबाट शिशु बेपत्ता

२२ माघ, वीरगन्ज । नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल वीरगन्जबाट जन्मेको तीन घन्टाभित्र एक नवजात शिशु बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज उपमहानगरपालिका–१ छपकैया बस्ने मुकेश पासवानकी श्रीमती आशादेवीले आज बिहान १०:३० बजे छोरालाई जन्म दिएकी थिइन् ।

करिब साढे १ बजे नवजात शिशु रुन थालेपछि अपरिचित एक महिलाले खेलाउने बहानामा उसलाई लिएर भागेकी थिइन् । सो महिला को थिइन् र शिशुलाई लिएर कहाँ गइन् भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अस्पताल व्यवस्थापनको लापरबाहीका कारण शिशु बेपत्ता भएको आफन्तले आरोप लगाउँदै केहीबेर विरोध तथा नारा जुलुस गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij