२०८३ साउन २३ शनिबार

तीन समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता

ई आर्थिक    शनिबार, साउन २३ २०८३
133
Shares
तीन समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।

समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका थोरै रकम बचत गरेका बचतकर्तालाई पहिलो चरणमा बचत फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिरहेको जनाएको छ।

समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरेको जनाएको छ। आगामी दिनमा बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिने समितिको भनाइ छ।

समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij