२०८३ साउन २० बुधबार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग आज छलफल गर्दै

ई आर्थिक    बुधबार, साउन २० २०८३
95
Shares
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग आज छलफल गर्दै

काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन्।

अर्थ मन्त्रालयका अनुसार मन्त्रालयस्थित सुवर्ण हलमा हुने छलफलमा देशको वर्तमान वित्तीय अवस्था, अर्थतन्त्रका चुनौती तथा मौद्रिक नीतिका कार्यान्वयनसँग सम्बन्धित विषयमा विचार–विमर्श हुनेछ।

मन्त्रालयले वित्तीय अवस्थाको गहिरो जानकारी राख्ने तथा मौद्रिक उपकरणको कार्यान्वयनमा प्रत्यक्ष संलग्न रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफल अर्थतन्त्रका समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न केन्द्रित हुने जनाएको छ।

अर्थमन्त्रीले यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमित रूपमा भेटघाट तथा समन्वय गर्दै आएका छन्। मन्त्रालयका अनुसार उनीहरूको सल्लाह र समन्वयमा पहिलो पटक राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग सामूहिक छलफल हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij