२०८३ साउन २० बुधबार

तुलसीपुर उपमहानगरले उठायो गत आवमा ४१ करोड ७६ लाख राजस्व

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
266
Shares
तुलसीपुर उपमहानगरले उठायो गत आवमा ४१ करोड ७६ लाख राजस्व

दाङ ।  तुलसीपुर उपमहानगरपालिकाले लक्ष्यअनुसारको राजस्व असुली गर्न सकेको छैन।

आर्थिक वर्ष २०८२/८३ मा उपमहानगरले ७२ करोड १५ लाख रूपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य राखेको थियो। तर जम्मा ४१ करोड ७६ लाख ९० हजार ७० रूपैयाँ राजस्व संकलन भएको छ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उपमहानगरपालिकाको भवन जलेर क्षतिग्रस्त भएपछि लक्ष्यअनुसारको राजस्व जम्मा हुन कठिन भएको सूचना अधिकारी यज्ञबहादुर केसीले बताए।

उपमहानगरले सम्पत्ति करबाट १ करोड ९५ लाख ९९ हजार २११, भूमिसम्बन्धी करबाट २ करोड ४० लाख १० हजार ३६९, नदीजन्य पदार्थ ठेक्काबाट एक करोड ५२ लाख ९६ हजार १३२ र मालपोत करबाट १६ करोड ९१ लाख ९० हजार ६७४ रूपैयाँ राजस्व जम्मा गरिएको थियो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले ३६ करोड ७१ लाख राजस्व संकलन गरेको थियो।

उपमहानगरले सरसफाइ, पर्यटन, नक्सा पास, व्यवसाय, घर बहाल, सम्पत्ति करलगायत शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij