२०८३ साउन ९ शनिबार

वीरगञ्जमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान

ई आर्थिक    आइतबार, साउन ३ २०८३
608
Shares
वीरगञ्जमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान

काठमाडौं । वीरगञ्ज र आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान भएको छ। अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले आवश्यक पहल गरेको जनाएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वीरगञ्जमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान भएको जानकारी दिएका छन्।

‘अत्यधिक गर्मीको समयमा नागरिकले भोग्नुपरेको असुविधाप्रति हामी संवेदनशील छौँ। छपकैया क्षेत्रमा ३३ केभी भूमिगत केबलमा आएको प्राविधिक समस्याका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको थियो’, उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू तत्काल परिचालन भइ रात दिन खटिएर समस्या पहिचान तथा समाधान गर्न सफल भएका छन्।’

प्राधिकरणको मधेस प्रादेशिक कार्यालयले दीर्घकालीन रूपमा समस्या समाधानका लागि वैकल्पिक ३३ केभी ओभरहेड लाइन निर्माण गरी दुईवटा स्रोतबाट विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको जनाएको छ।

अत्यधिक गर्मीका कारण लाइन ट्रिप हुने तथा भोल्टेजमा समस्या आउँदा वीरगञ्ज र आसपासको क्षेत्रमा विद्युत् अवरुद्ध हुँदै आएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij