२०८३ साउन ९ शनिबार

पोखरा महानगरद्वारा किसानलाई अनुदान सहयोगका गर्न ५५ लाख रुपैयाँ विनियोजन

ई आर्थिक    मंगलबार, चैत्र १७ २०८२
1.9K
Shares
पोखरा महानगरद्वारा किसानलाई अनुदान सहयोगका गर्न ५५ लाख रुपैयाँ विनियोजन

कास्की।  पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा अनुदानका कार्यक्रम अघि बढाएको छ।

महानगरपालिकाभित्रका ३३ वटै वडालाई लक्षित गरी ५० प्रतिशत लागत साझेदारी गर्ने गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार महानगरपालिकाभित्रका बजार क्षेत्रका ११ वटा वडाका लागि प्रतिवडा १-१ लाख रुपैयाँ र ग्रामीण क्षेत्रका २२ वटा वडाका लागि २-२ लाख रुपैयाँका दरले कुल ५५ लाख रुपैयाँ विनियोजन गरी अनुदानका कार्यक्रम सञ्चालन गरिएको छ।

महानगरका ३३ वडा वडामध्ये वडा नं १ देखि १० र १२ नं वडालाई बजार क्षेत्र र अन्यलाई ग्रामीण क्षेत्रका रूपमा लिइएको छ। वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयले त्यहाँको आवश्यकता पहिचान गरेअनुरूप उक्त स्थानमा बजेट विनियोजनअनुसार किसानलाई ५० प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij