ई–आर्थिक, काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवमा मुकुन्द निरौलालाई सरुवा गरेको छ । सचिव निरौला यसअघि सार्वजनिक खरिद अनुगमनको कार्यालयमा कार्यरत थिए ।
प्रशासनिक क्षेत्रका काविल मानिने सचिव निरौलालाई पर्यटन मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।
सचिव निरौला रहेको यो मन्त्रालय मातहतमा थुप्रै महत्वपूर्ण संस्थान र परियोजनाहरु रहका छन् ।
यसअघि निरौला रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयमा हरिकुमार मैनालीलाई सरुवा गरिएको छ ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्ने पनि निर्णय गरेको छ ।