२०८३ असोज ३ शनिबार

ठेलाले बनायो रामसिंलाई लखपति

ई आर्थिक    बुधबार, माघ १२ २०७३
6.8K
Shares
ठेलाले बनायो रामसिंलाई लखपति

१२ माघ, रोल्पा । सोह्र वर्ष अगाडि भारतको गुजरातमा सिमेन्ट कारखानामा काम गर्ने सिलसिलामा दुवै आँखाको ज्योति गुमाएका खुमेल गाविसका ४४ वर्षीय रामसिंह विक ठेलामा तरकारी बिक्री गरी आम्दानी गर्दै आउनुभएको छ ।

आर्थिक अवस्था कमजोर भएका विकले आँखाको उपचारका लागि भारतका विभिन्न अस्पताल धाउनुभयो । छिमेकी दाजुभाइबाट सहयोग नपाएपछि उहाँ श्रीमती र दुई वर्षीया छोरीसँगै सदरमुकाम लिवाङ झर्नुभयो । करिब ६ वर्षसम्म श्रीमतीको ज्यालामजदुरीबाट पालिनुभएका विक त्यसपछि भने ठेलामा तरकारी बेच्न थाल्नुभयो ।

“दैनिक रु चार सयदेखि रु एक हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । उहाँको ठेलाकै कमाइबाट रु छ लाख ५० हजारमा लिवाङमा एउटा घडेरीसमेत किन्नुभएको छ । विकले छट्टै नै घर निर्माण गर्ने योजना बनाउनुभएको छ ।

गरिबीका कारण जेठो छोरालाई पढाउन नसकेकामा उहाँलाई पछुतो छ । दुई छोरी भने अहिले लिवाङस्थित एउटा माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । “अपाङ्ग भएर घरमा थपक्क बसेको भए यस्तो व्यवस्था गर्न सक्ने थिइन,” विकले भन्नुभयाो ।

दिनहुँ युवा खाडी मुलुक जाने गरेपनि विक नेपालमै जीविकोपार्जनका प्रशस्त सम्भावना भएकाले जान नहुने बताउनुहुन्छ । “आँखा नभएको मैले त यहिँ काम गरेर खाँदैछु, सपाङ्गलाई त यहाँ गर्न नसकिने केही छैन,” उहाँले भन्नुभयो । श्रीमतीका कारण आफूलाई बाँच्न र केही गराँै भन्ने भावना पलाएको विक बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij