२०८३ साउन ९ शनिबार

पर्साबाट ३० लाखभन्दा बढीको कपडा र कस्मेटिक सामान बरामद

ई आर्थिक    आइतबार, मंसिर ३० २०८१
3.3K
Shares
पर्साबाट ३० लाखभन्दा बढीको कपडा र कस्मेटिक सामान बरामद

ई–आर्थिक, पर्सा । पर्साको वीरगज्ज महानगपालिका–६ लाटगलिबाट सशस्त्र प्रहरी बलले ३० लाख रुपियाँभन्दा बढीको कपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र  वीरगञ्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारीसहितको संयुक्त टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरी राखेको कपडा र कस्मेटिक सामान शनिबार राति नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका  डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बरामद कपडामा कुर्ता सुरुवाल एक हजार ६ सय २७ पिस, स्काफ एक हजार ७ सय २२ पिस, सल दुई हजार ७ सय ६८ पिस, लेडिज ब्याग, साडी पिन, लङ कोट लगायत रहेको छ ।

प्रवक्ता थापाले आइतबार ती सामनको ३० लाख ४९ हजार सात सय मूल्य कायम गरी आवश्यक कारबाहिका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइको बताउनुभयो । पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डिएसपी रिजालको टोलिले पर्साको सीमा क्षेत्र र गोदाम गरी राखिएका करोडौं मूल्य बराबरका अबैध  सामान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij