२०८३ साउन १२ मंगलबार

नबिल बैंकको सधारणसभा मंसिर २७ मा हुदै, १० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव

ई आर्थिक    सोमबार, मंसिर ३ २०८१
1.9K
Shares
नबिल बैंकको सधारणसभा मंसिर २७ मा हुदै, १० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव

ई-आर्थिक, काठमाडौं । नविल बैंकले ४० औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले  लाभांश लगायतका प्रस्ताव पारित गर्न ४० औं वार्षिक साधारण सभा बोलाएको हो  । बैंकको साधारण  सभा मंसिर २७ गते बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्गमा हुने भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात दुई अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

साथै, सभाले दुई जना सञ्चालकक निर्वाचन गर्ने एजेण्डा समेत रहेका छ । बैंकले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij