२०८३ असोज ७ बुधबार

वाणिज्य बैंकले घटाए मंसिरमा ब्याजदर, कुन बैंकको कति ब्याजदर ?

ई आर्थिक    शुक्रबार, कार्तिक ३० २०८१
4.2K
Shares
वाणिज्य बैंकले घटाए मंसिरमा ब्याजदर, कुन बैंकको कति ब्याजदर ?

ई-आर्थिक, काठमाडौं । नेपाल वाणिज्य बैंकहरुले मंसिर महिनामा निक्षेपको ब्याजदर घटाएका छन् । कुल २० वाणिज्य बैंकहरुमध्ये एक बैंकले ब्याजदर बढाउदा ८ वाणिज्य बैंकले स्थिर राख्दा ११ बैंकले ब्याजदर  घटाएका हुन्  ।

मंसिर महिनामा एनएमबिले व्यक्तिगततर्फ ५.५७ प्रतिशत व्याजदर कायम गरेको छ । एनमबि बैंकले   संस्थाग तर्फ  ४.५७ प्रतिशत पुर्‍याएको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले  व्यक्तिगतमा ६.२५ प्रतिशत र संस्थागतमा ३.५ प्रतिशत पुगेको छ । सिटिजन्सले बैंकले  व्यक्तिगतमा ५.६५ र संस्थागतमा ४ प्रतिशत व्याजदर कायम गरेको छ । साथै  लक्ष्मी सनराइज बैंकले व्यक्तिगत ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत र कुमारी बैंकले व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत निर्धारण गरेका छन् ।

साथै, नबिल, ग्लोबल र प्राइमले व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर कायम गरेका छन् भने  सिद्धार्थ, नेपाल एसबिआई राष्ट्रिय वाणिज्य र एभरेष्टले बैंकले व्यक्तिगततर्फ ६ प्रतिशततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यस्तै, मंसिरमा नेपाल बैंकको व्यक्तिगतर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ व्याजदर कामय गर्ने छ ।  माछापुच्छ्रेले मंसिरमा व्यक्तिगत मुद्दतितर्फ ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत, कृषि विकासले पनि व्यक्तिगततर्फ ५.५३६३ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत, एनआइसी एशियाले व्यक्तिगततर्फ ६.७९ प्रतितश र संस्थागतमा ५.७९ ब्याजदर निर्धारण गर्ने छ ।

यस्ता छन् वाणिज्य बैंकका व्याजदरहरु

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij