२०८३ साउन १० आइतबार

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

ई आर्थिक    सोमबार, कार्तिक १९ २०८१
2.9K
Shares
त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज । जिल्लाको कञ्चनरुप नगरपालिका(४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।

स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले बताउनुभयो।

उहाँका अनुसार कञ्चनरुप नगरपालिका(४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता छन्। बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij