२०८३ असोज ७ बुधबार

नबिल बैंक बन्यो पहिलो नाफा बढी गर्ने बैंक, कुन बैंकको नाफा कति

ई आर्थिक    सोमबार, कार्तिक ५ २०८१
5.4K
Shares
नबिल बैंक बन्यो पहिलो नाफा बढी गर्ने बैंक, कुन बैंकको नाफा कति

ई–आर्थिक, काठमाडौं । वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेका छन् । चालु आर्थिक वर्षको पहिलो साउनमा वाणिज्य बैंकहरूले ९ अर्ब १७ करोड खुद नाफा गरेकोमा भदौमा ८ अर्ब ५२ करोडले खुद नाफा गर्न सफल भएका छन् ।

चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै खुद नाफा नबि बैंकले गरेको छ। यस अवधिमा नबिल बैंकले १ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको हो। साउनमा पहिलो स्थानमा रहेको ग्लोबल आईएमई बैंकलाई उछिन्दै नाफा गर्ने सूचीको पहिलो नम्बरमा नबिल पुगेको हो।

अहिले दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले भदौमा १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तै तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौमा १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको छ।

१ अर्ब १६ करोड खुद नाफा गर्दै हिमालयन बैंक तेस्रो र १ अर्ब ८ करोड खुद नाफा गर्दै कुमारी बैंक पाँचौँ नम्बरमा छन्। यस्तै यस अवधिमा प्राइम कर्सियल बैंकले ९७ करोड ४७ लाख रुपैयाँ, प्रभु बैंकले ९१ करोड ३२ लाख रुपैयाँ, कृषि विकास बैंकले ८८ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ, एनएमबि बैंकले ७८ करोड रुपैयाँ, सानिमा बैंकले ६८ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडले ६७ करोड ८२ लाख रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले ६० करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेका छन्।

साथै सिद्धार्थ बैंकले ६० करोड ५६ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५८ करोड ९८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ५७ करोड ७५ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ५३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। ३९ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको माछापुच्छ्रे बैंक अन्तिम स्थानमा रहेको छ।

कुन बैंकको नाफा कति ?

नेपाल बैंक– ६७ करोड ८२ लाख रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंक– ८८ करोड ३ लाख रुपैयाँ

नबिल बैंक– १ अर्ब ६६ करोड ६९ हजार रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक– १ अर्ब ४१ करोड रुपैयाँ

स्ट्यान्र्ड चार्टर्ड बैंक– ६० करोड ६० लाख रुपैयाँ

हिमालयन बैंक– १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ         

एसबीआई बैंक– ५३ करोड ३० लाख रुपैयाँ     

एभरेष्ट बैंक– ८२ करोड ५५ लाख रुपैयाँ

एनआईसी एसिया बैंक– ५७ करोड ७५ लाख रुपैयाँ     

माछापुच्छ्रे बैंक– ३९ करोड २५ लाख रुपैयाँ 

कुमारी बैंक– १ अर्ब ८ करोड ५० लाख रुपैयाँ       

लक्ष्मी सनराइज बैंक– ८६ करोड ४६ लाख रुपैयाँ

सिद्धार्थ बैंक– ६० करोड ५६ लाख रुपैयाँ             

कृषि विकास बैंक– ८८ करोड ७० लाख रुपैयाँ

ग्लोबल आईएमई बैंक– १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ   

सिटिजन इन्टरनेशनल बैंक– ५८ करोड ९८ लाख रुपैयाँ     

प्राइम कमर्सियल बैंक– ९७ करोड ४६ लाख रुपैयाँ         

एनएमबि बैंक– ७८ करोड २ लाख रुपैयाँ

प्रभु बैंक– ९१ करोड ३२ लाख रुपैयाँ       

सानिमा बैंक– ६८ करोड ९२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij