२०८३ साउन १२ मंगलबार

एभरेष्ट बैंकद्वारा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग

ई आर्थिक    शुक्रबार, कार्तिक २ २०८१
4.5K
Shares
एभरेष्ट बैंकद्वारा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग

ई-आर्थिक, काठमाडौं । एभरेष्ट बैंक स्थापनाको ३० वर्ष भएको छ । बैंकले स्थापनाको ३० वर्षको अवसरमा विभिन्न कार्य्रमहरु गरेको छ ।  एभरेष्ट बैंक लिमिटेडले बिबिध कार्यक्रम आयोजना गरि आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो । बैंकले  प्रधान कार्यालय लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण लगायतका कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाएको हो।

बैंकले वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ। ३० औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाइ भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट एक करोड को आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा, एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालाू लाई उक्त चेक हस्तान्तरण गरे। यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गतनै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौं कोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् । करिब १४ लाख ग्राहक संख्या रहेको एभरेष्ट बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ एटिएम मेशीनसहित विश्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले बिभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij