ई–आर्थिक, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवाको टिकट सबै विक्री भएको छ । निगमले उक्त स्थानमा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको हो ।
आज बिहानसम्म सबै टिकट बिक्री भइसकेको निगमले जानकारी दिएको छ । काठमाडौं भैरहवा रुटमा फूलपातीको दिन थप भएको १५८ सिटे न्यारोबडी जहाजको सबै टिकट विक्री भइसके पनि भैरहवाबाट काठमाडौं आउने रुटका लागि भने टिकट बाँकी निगमले जानकारी दिएको छ ।
काठमाडौंबाट भैरहवालगायतका स्थानमा उडानमा जान माग उच्च छ । तर पनि जहाज नेवानिले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेवानिले जानकारी दिएको छ ।