२०८३ साउन १२ मंगलबार

११ जिल्लाका सिडिओ फेरिए, को कहाँ ? (नामावली सहित)

ई आर्थिक    आइतबार, जेष्ठ २१ २०७४
5.7K
Shares
११ जिल्लाका सिडिओ फेरिए, को कहाँ ? (नामावली सहित)

२१ जेठ, काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ११ सहसचिव र १५ उपसचिवको सरुवा गरेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा गृहले पुरानो मिति राखेर शुक्रबार सरुवा गरेको हो ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीलाई काठमाडौंको सिडिओमा सरुवा गरिएको छ । काठमाडौंका सिडिओ हिमनाथ दवाडीले अघिल्लो साता उमेरहदका कारण अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख राजकुमार श्रेष्ठलाई ललितपुरको सिडिओमा सरुवा गरिएको छ । कास्कीका सिडिओ हरि मैनाली, ललितपुरका दीपक काफ्ले र बाग्लुङका भगीरथ पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । तर, तीनैजनाको महाशाखा तोकिएको छैन । गृहको सबैभन्दा महत्वपूर्ण मानिने शान्ति सुरक्षा महाशाखामा मैनाली र काफ्लेमध्ये एकको जिम्मेवारी तोकिने सम्भावना छ ।

त्यस्तै, कास्कीमा तारानाथ अधिकारी, बाग्लुङमा ऋषिराम तिवारी, धादिङमा महेश आचार्य, तनहुँमा रितेश शाक्य तथा नुवाकोटमा जगदीश बरालको सरुवा भएको छ । नुवाकोटका विष्णु पोखरेलको क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा भएको छ ।

यसैगरी, गृहका १५ उपसचिवको समेत सरुवा भएको छ । जसअनुसार पर्वतको सिडिओमा राजेश पन्थी, दैलेखमा प्रकाशचन्द्र अधिकारी, मुस्ताङमा रामचन्द्र अधिकारी तथा मनाङमा सुनील खनालको सरुवा भएको छ । निर्वाचन आचारसंहिता नलाग्ने जिल्लाहरूमा सिडिओको हेरफेर गरिएको बताइएको छ । आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij