२०८३ साउन ९ शनिबार

सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिने नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

ई आर्थिक    बिहिबार, असार १३ २०८१
7.8K
Shares
सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिने नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

ई–आर्थिक, काठमाडौं । कपिलवस्तु, नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गुप्ताले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई सोही अनुसार बिगो रकम जरिवाना सजाय समेत हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij