२०८३ असोज ५ सोमबार

बाढीप्रभावित बालबालिकाका लागि चीनद्वारा १ करोड १० लाख सहयोग

ई आर्थिक    सोमबार, असोज ५ २०८३
570
Shares
बाढीप्रभावित बालबालिकाका लागि चीनद्वारा १ करोड १० लाख सहयोग

काठमाडौं ।  चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि १ करोड १० लाख रूपैयाँ प्रदान गरेको छ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आज उक्त रकमको चेक हस्तान्तरण गरे।

त्यस अवसरमा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे।

राजदूत चाङले बाढीप्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij