२०८३ असोज ५ सोमबार

लाइसेन्स छपाइमा नयाँ प्रणाली लागू, मधेशका ३ हजार ८१ लाइसेन्स पठाइयो

ई आर्थिक    सोमबार, असोज ५ २०८३
76
Shares
लाइसेन्स छपाइमा नयाँ प्रणाली लागू, मधेशका ३ हजार ८१ लाइसेन्स पठाइयो

काठमाडौं ।  विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS) मार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरिएको छ।

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।

पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै नयाँ सवारी चालक अनुमतिपत्र लिनेदेखि पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियासमेत थप छिटो, सहज र सेवामुखी हुने अपेक्षा गरिएको छ।

EDLVRS मा सेवाग्राहीको विवरण अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ। सुरक्षण मुद्रणले प्राप्त विवरणका आधारमा सवारी चालक अनुमतिपत्र छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ।

मन्त्री लम्सालले नयाँ प्रणालीले लाइसेन्स छपाइ तथा वितरणमा विगतदेखि देखिँदै आएका समस्या समाधान गर्न सहयोग पुग्ने बताए। उनका अनुसार सेवाग्राहीले लामो समयसम्म लाइसेन्स कुर्नुपर्ने अवस्थालाई कम गर्दैबाट सुरु गरिएको लाइसेन्स छपाइ तथा वितरण प्रक्रियालाई क्रमशः अन्य प्रदेशमा समेत विस्तार गरिने सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्रणाली लागू गरिएको हो।

पहिलो चरणमा मधेश प्रदेशबाट सुरु गरिएको लाइसेन्स छपाइ तथा वितरण प्रक्रियालाई क्रमशः अन्य प्रदेशमा समेत विस्तार गरिने जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij